बाघको आक्रमणबाट निगुरो टिप्न गएका एक महिलाको मृत्यु
बर्दिया, १८ जेठ । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परि एक महिलाको मृत्यु भएको छ।
बर्दियामा पाटेबाघको आक्रमणबाट मधुवन नगरपालिका–५ बस्ने ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको ज्यान गएको हो।
उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो। खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए।













