जिउदै जलाईएकी महिलाको उपचारका लागि काठमाडौं लैजाने तयारी
डोटी, १७ जेठ । डोटीमा शनिवार राती जिउदै प्रज्वलनशील पदार्थ छर्केर जलाइएकी महिलालाई उपचारका लागि काठमाडौँ लगिने भएको छ ।
आदर्श गाउँपालिका वडा नम्बर ४ रोडिङ्गे गाउँकि २८ वर्षीय लक्ष्मी भाट आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले आगो लगाएको थियो । बिभिन्न सघसंस्थाको पहलमा गाउँबाट उद्धार गरेर आईतबार दिपायलको सुजंग अस्पतालमा भर्ना गरिएकी भाटको त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ लैजाने तयारी भैरहेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्र बहादुर मल्लले शनिवार राती करिब १२ः३० बजेको समयमा भाटको शरीरमा आगो लगाइएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए । प्रज्वलनशील पदार्थ पेट्रोल हो वा मट्टीतेल, त्यो खुल्न नसकेको बताए ।













