हिम्मतवाली छोरी : जसले १६ वर्षकै उमेरमा आमाको क्रिया बसिन्
कैलाली, १५ जेठ । धनगढी स्थित रोदन मेडिकलका सञ्चालक प्रतिभा चौधरीको निधन पश्चात उनको जेठो छोरी रोदन चौधरी आमाको क्रिया बसेकी छिन् ।
रोदन हाल १६ वर्षका छिन् । उनी आमाको दागबत्ति पश्चात थारु समुदायको संस्कार अनुसार सम्पूर्ण क्रिया कार्यक्रम गरेको उनको बाजे फोनीराम चौधरीले जानकारी दिए ।
नेपाली समाजमा छोरी मान्छेलाई दहसंस्कारमा पनि उपस्थित हुन मिल्दैन तर रोदन हिम्मतका साथ आमाको चितामा दागबत्ति गर्दै क्रिया पनि आफै बसेकी हुन् ।
उनको आमा प्रतिभा चौधरी जेठ ११ गते कोरोना संक्रमण सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार गर्दा गर्दै निधन भएको थियो । रोदनले सोही दिन नै गोदावरी आर्यघाटमा अन्तिम संस्कार गरेकी थिईन् ।
रोदनका बाबा थारु अगुवा तथा समाजसेवी चन्द्रसिंह चौधरी नेपाल टेलिकम प्रादेशिक कार्यालय अत्तरियामा कार्यरत वरिष्ठ प्राविधिक, जय मालिका कलेज धनगढीका सञ्चालक हुन् । उनका एक बहिनी पनि छन्। रोदन आफ्नो परिवारमा क्रिया बस्ने र दागबत्ति गर्ने पहिलो महिला हुन् ।













