सामुदायिक प्रहरीलाई स्वास्थ्य सामाग्री
धनगढी, १५ जेठ । धनगढी उप–महानगरपालिका–५, हसनपुरमा रहेको सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव भिम चौधरीले सेवा केन्द्रका ईन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण बोहरालाई हस्तान्तरण गरिएको हो ।
कोरोना महामारीमा अग्र मोर्चामा खटिएका प्रहरीलाई काम गर्न सहज होस् भनेर नेपाली काँग्रेसका नेता डा. आरजु राणा ‘देउवा’ ले पठाएको सेनिटाईजर, सर्जिकल मास्क, एन ९५ मास्क सचिव चौधरी मार्फत हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य सामाग्री अभावमा महामारीमा अग्र मोर्चामा खटिने प्रहरीले जोखिम मोलेर काम गरिरहेको अवस्थामा स्वास्थ्य सामाग्री पाएपछि काम गर्न सजिलो हुने चौधरीले बताए ।
सेवा केन्द्रका ईन्चार्ज प्रहरी सहायक निरीक्षक बोहराले स्वास्थ्य सामाग्री सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे ।













