सुदूरपश्चिममा शुक्रबार ८९३ जना कोरोना संक्रमित डिस्चार्ज

कैलाली, १४ जेठ । सुदूरपश्चिम प्रदेशमा शुक्रबार ८९३ जना कोरोना संक्रमित निको भएका डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा १ हजार ४७ नमुना पीसीआर तथा ३ वटा सीमानाकामा ५५४ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परिक्षणमा ५२२ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै २४ घण्टामा कैलालीका २ जना र कञ्चनपुरका १ जना गरी ३ जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख २० हजार ८४७ नमूना परीक्षण गर्दा ३८ हजार १८१ जनामा संक्रमण पुस्टि भएको छ भने २१ हजार ८०६ जनाले कोरोना जितेका छन् । ४८० जनाको भने मृत्यु भईसकेका ।