सेती अस्पतालमा पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या शून्य

धनगढी, १३ जेठ । सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या शून्य भएको छ । तर थप १३४ जनामा भने कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा अस्पतालमा ८११ जनाको नमुना परीक्षण गर्दा थप १३४ जनामा कोरोना संक्रमण पुस्टि भएको हो। त्यस्तै ६७७ जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार पछिल्लो २४ घण्टामा २८ जना कोरोना निको भई घर फर्केका छन् भने थप ६ जना अस्पताल भर्ना भएका छन्।

हाल अस्पतालमा ४४ जना संक्रमित उपचाररत रहेका छन्। अस्पतालमा १५ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको अस्पतालले जनाएको छ।