गैरसरकारी संघसंस्थाको पहलमा निशुल्क अक्सिजन बैंक सञ्चालन
धनगढी, १२ जेठ । अक्सिजन नपाएर मृत्यु भईरहेका कोरोना संक्रमितहरुको जीवनका रक्षाका लागि निशुल्क अक्सिजन अभियान सचालन गर्दै आएको ह्युमानिटी फाउण्डेण्सनको संयोजनमा विभिन्न गैरसरकारी संस्थाको पहलमा अक्सिजन बैक सञ्चालनमा ल्याएको छ ।
संक्रमितलाई अस्पतालको बेडमा राखेर एक थान सिलिण्डरका भौतारिरहेका आफन्तहरुको सुबिधा तथा अक्सिजनको अभाव, कमि वा समयमै अक्सिजन नपाएर मृत्यु भईरहेका नागरिकहरुको जीवन रक्षाका सो संस्थाले धनगढीमा अक्सिजन बैंक सञ्चालनमा ल्याएको हो ।
अक्सिजन बैंक तथा निशुल्क अक्सिजन अभियान हमार फाउण्डेसन, सुदूर पश्चिम समाज डेनमार्क लगायतका संघसंस्था तथा व्यक्तिहरुको देशविदेशबाट साथ र सहकार्य गरेका छन् ।

पहिलो चरणमा दैनिक १०० जनालाई निशुल्क अक्सिजन उपलब्ध गराउने र आवश्यकता तथा समस्याका आधारमा यो संख्या थपघट हुन सक्ने बताइएको छ ।
चौलानी डिपार्टमेण्टल स्टोरमा सञ्चालनमा ल्याईएको अक्सिजन बैंक २४ सै घण्टा खुला रहनेछ । फाउण्डेसनका अनुसार अस्पतालमा उपचाररत गम्भीर कोरोना संक्रमित र होम आईसोलेसनमा रहेका संक्रमितहरुलाई चिकित्सक तथा सम्बन्धित अस्पतालको सिफारिसमा निशुल्क अक्सिजन उपलब्ध गराईनेछ । त्यसका लागि संक्रमितका आफन्तहरुले खाली सिलिण्डर भने बुझाउनु पर्ने छ । खाली सिलिण्डर बुझाएपछि फाउण्डेसनले अक्सिजन भरिएको सिलिण्डर उपलब्ध गराउनेछ ।













