सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको बैठक सुरु
धनगढी, १२ जेठ । सुदूरपश्चिम प्रदेशको नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ।
नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि संसदीय दलको कार्यालय धनगढीमा बैठक सुरु भएको हो। बैठक मंगलबार नै बोलाइएको थियो। तर सांसदहरुको आवश्यक संख्या नपुगेपछि औपचारिक रुपमा बस्न सकेको थिएन।
बैठकले सरकारबाट बाहिरिने वा नबाहिरनेबारे पनि टुंगो लाग्ने बताइएको छ।
सभामुख अर्जुन थापासहित प्रदेश सभामा एमालेका जम्मा २५ जना सांसद छन्। तर सभामुखको भूमिका तटस्थ रहने भएकोले बैठकमा २४ जना सांसद मध्ये ३ जना भने अनुपस्थित रहेको बताइएको छ। अनुपस्थित हुने सांसदहरुमा रतन थापा, लिलाधर भट्ट, गेल्बुसिंह बोहरा रहेका छन्।













