रोदन मेडिकलका सञ्चालक प्रतिभा चौधरीको निधन
धनगढी, ११ जेठ । कैलालीको धनगढी स्थित रोदन मेडिकलका सञ्चालक प्रतिभा चौधरीको मंगलबार निधन भएको छ । कोरोना संक्रमण भइ बैशाख २९ गतेदेखि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत उनको निधन भएको हो।
उनको मंगलबार नै गोदावरी आर्यघाटमा अन्तिम संस्कार गरिएको उनको सासुरा फोनिराम चौधरीले बताए।
उनका श्रीमान थारु अगुवा तथा समाजसेवी चन्द्रसिंह चौधरी नेपाल टेलिकम प्रादेशिक कार्यालय अत्तरियामा कार्यरत वरिष्ठ प्राविधिक, जय मालिका कलेज धनगढीका सञ्चालक हुन् । उनीहरुका २ छोरी छन्।













