हात्तिको आक्रमणबाट दूई जनाको मृत्यू

बर्दिया, ११ जेठ । बर्दिया स्थित गेरुवा गाउँपालिका १ सर्खोल फचकपुरुवामा जंगली हात्तीको आक्रमणबाट सोमबार राती दूई जनाको मृत्यू भएको छ ।

मृत्यु हुनेमा बलाराम बिकको जीवन सङ्गिनी चन्द्रा बिक घर मै सुतिरहेको अवस्थामा हातिले घर भत्काउदा मृत्यू भएको थियो भने उनको अढाई वर्षे घाईते छोरीको उपचारको क्रम मृत्यू भएको थरुहट नेता मिनराज थारुले जानकारी दिए ।

नेता थारुको अनुसार सोमबार राती ९ बजे बर्दिया राष्ट्रिय निकुन्जबाट तीन वटा हात्ति आएर घर भत्काएको बताउँदै चन्द्रा र निजको छोरीलाई च्यापेर मारेको जानकारी दिए ।

बर्दिया राष्ट्रिय निकुन्जका वार्डेन, गाउपालिका, वडापालिकाको जनप्रतिनिधि र स्थानीवासी वन्यजन्तुको आक्रमण रोक्न तथा जनताको जिउधनको सुरक्षाको प्रत्याभुतिका लागि आवश्यक व्यवस्था मिलाउन घटना स्थलमै पुगेर छलफल गरिरहेका छन् ।

मृतक आफन्तलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने पनि सहमति भईरहेको नेता थारुले बताए । सो क्षेत्रमा वर्षिणी दर्जनौं मान्छेको हात्तिको आक्रमबाट मृत्यू हुने गरेको स्थानीयहरुको भनाई छ ।