अपि हिमालमा यार्सागुम्बा सङ्कलन गर्न पुगेका एक यूवा बेपत्ता
दार्चुला, ९ जेठ । अपि हिमाल गाउँपालिकामा–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे यर्सागुम्बा संकलन गर्न जाँदा हिउँमा पुरेर बेपत्ता भएका हुन्। यही जेठ ५ गते अपि हिमाल–३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परी वेपत्ता भएका हुन्।
यूवाको खोजीकार्यका लागि र घटनाबारे बुझ्न प्रहरी टोली खटाइएको प्रहरी चौकी खण्डेश्वरीका सहायक निरीक्षक तेजराम महरले जानकारी बताए ।
उनका अनुसार घटनाको विस्तृत विवरण आएको छैन। अहिले दार्चुलामा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सागुम्बा सङ्कलनका लागि सङ्कलन अनुमति नदिँदै सङ्कलकहरु यार्सा पाइने लेकमा भरिएका छन्।
कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमण बढेका कारण यस वर्ष तत्काल यार्सागुम्बा सङ्कलन अनुमति नदिन आग्रह गरेको थियो। सोहीअनुसार अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले सङ्कलन अनुमति रोकेको थियो ।













