सुदूरपश्चिम प्रदेशमा झण्डै ३१ हजार मध्ये १९ हजार बढि संक्रमण मुक्त
कैलाली ४ जेठ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सुदूरपश्चिममा हाल सम्म ३० हजार ९७५ संक्रमित मध्ये १९ हजार दुई सय ८५ जना संक्रमण मुक्त भएका छन् । यो संख्या कुल संक्रमित संख्याको ६३,३९ प्रतिशत हो ।
सोमबार सुदूरपश्चिम प्रदेशमा चार सय ७६ जना संक्रमितहरु कोरोना जितेर घर फर्केका थिए ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार एण्टिजेन बिधिबाट परीक्षणबाट पोजेटिभ देखिएका ५०६१ मध्ये २१५० जना एक्टिभ र २७३६ जना र्डिजार्ज देखिएका थिए, भने १७५ जनाको मृत्यू भएको तथ्यांक थियो ।
यस्तै पिसिआर परिक्षणबाट २५ हजार ९१४ जना संक्रमित मध्ये १६ हजार ५४९ जना डिस्चार्ज भएका छन् भने १९३ जनाको मृत्यू भएका छ ।
सुदूरपश्चिममा एन्टिजोन र पिसिआर परिक्षणबाट जम्म ३१ हजार २ जना संक्रमित भएका छन् भने ३३८ जनाको मृत्यू भईसकेको छ ।
हालसम्म कैलालीमा १३ हजार पाँच सय ८४ जना संक्रमित ८ हजार ५४६ जनाले कोरोना संक्रमणबाट मुक्त भएका छन् यो संख्या कैलालीका कुल संक्रमित संख्याको झण्डै ६३ प्रतिशत हुन आउँछ ।
यस्तै अछाममा एक हजार नौ सय एक, बैतडीमा नौ सय २६, बझाङ एक हजार ५७ र बाजुरामा ६ सय २४ जना कोरोना संक्रमणबाट निको भएका छन् ।
डडेल्धुराका ८७६, दार्चुलाका ४०४, डोटीका १ हजार ६३३ र कञ्चनपुर ३ हजार २५३ जना रहेका छन् । अन्य प्रदेश घर भई सुदूरपश्चिम प्रदेशका बिभिन्न ठाउँमा उपचाररत ५६ जना पनि कोरोना संक्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ ।













