ह्युमानिटी फाउण्डेसनद्वारा कोरोना अस्पताललाई ५० बेड हस्तान्तरण
धनगढी, २ जेठ । कोरोना संक्रमितहरुको उपचारका लागि कैलालीको गेटामा सञ्चालन गर्न ह्युमानिटी फाउण्डेसन नेपालले ५० थान बेड अस्पताललाई हस्तान्तरण गरेको छ ।
शंकर ग्रुप, ईन्फिनिटी होल्डिङस्, हामी नेपालसंगको सहकार्यमा फाउण्डेसनले कोरोना अस्पताल सञ्चालनका लागि ५० बेड हस्तान्तरण गरेको हो । फाउण्डेसनले ५० बेडसंगै ५० तकिया, ५० तन्ना, ५० थान मेटे«स पनि अस्पताललाई प्रदान गरेको छ ।

फाउण्डेसनले सुदूरपश्चिमका सरकारी अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारका लागि निशुल्क अक्सिजन अभियान सञ्चालन गर्दै आएको छ ।













