मन्त्री शाहलाई आर्थिक मामिला मन्त्रालयको पनि जिम्मेवारी

धनगढी, १ जेठ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको पनि जिम्मेवारी पाएका छन्।

यस अघि आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले मन्त्री पदबाट राजीनामा दिएका थिए।

त्यस्तै मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसँगै भौतिक पूर्वाधार विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन् ।

यसअघि भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरिएको थियो ।

दुवै मन्त्रालय मन्त्रीविहिन बनेपछि मुख्यमन्त्री भट्टले दुवै मन्त्रालयको जिम्मेवारी निर्वाह गर्दै आएकोमा हाल आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिइएपछि दुई महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

मुख्यमन्त्री भट्टले बैशाख ३० गते मन्त्री शाहलाई अर्को मन्त्रालयको पनि जिम्मेवारी दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले आफ्नो वेवसाइटमा पनि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाह भनेर समेत अद्यावधिक गरेको छ।