श्रममन्त्री चौधरीलाई कोरोनाको जटिल समस्या
धनगढी, ३१ वैशाख । संघीय सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कोरोनाको जटिल समस्या देखिएको छ।
साढे २ वर्षीय छोरासहित मन्त्री चौधरीलाई कोरोनाको जटिल समस्या देखिएको हो। आफुमा पखाला लाग्ने, ज्वरो आउने, शरीर र घाँटी दुख्ने समस्या देखिएको मन्त्री चौधरीले बताए।
गेटा आइसोलेसन निर्माणको तयारीको क्रममा एक हप्ताअगाडि मन्त्री चौधरी गृह जिल्ला कैलाली आएका थिए। उनलाई कैलाली आएकै अवस्थामा समस्या देखिएको थियो।
उनीसँगै उनका डाइभर, कार्यालय सहयोगीलाई समेत कोरोना संक्रमण भएको बताइएके छ। हाल उनी चिकित्सकको नियमित निगरानीमा मन्त्रालयकै क्वाटरको आइसोलेसनमा बस्दै आएका छन् ।













