हावाहुरीले घरमाथि रुख ढल्दा एक जनाको मृत्यु
धनगढी,३० वैशाख । कैलालीमा बुधबार साँझ आएको हावाहुरी घरमाथि रुख ढल्दा एक जनाको मृत्यू भएको छ । जिल्लाको टिकापुर १ एकतानगरमा हावाहुरीले रुख ढल्दा ४० बर्षिय देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बुधबार राती करीब साढे ८ बजे कच्ची घरमाथी ढलेको रुखले च्यापीएर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक भरत चौधरीले जानकारी दिए ।













