सुदूरपश्चिममा १० दिनमा १३५ संक्रमितको मृत्यु, सबै भन्दा बढि कैलालीमा
धनगढी, २८ बैशाख । सुदूरपश्चिम प्रदेशमा अक्सिजन र भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको मृत्युदर ह्वात्तै बढेको छ ।
अस्पतालहरुमा अक्सिजनको चरम अभाव र पर्याप्त भेन्टिलेटर नहुदा कोभिड संक्रमितको ज्यान जाने क्रम बढेको हो ।
प्रदेशमा १० दिनको अवधिमा एक सय ३५ जना संक्रमितको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।
निर्देशनालयका अनुसार बैशाख १८ गते १० जना, १९ गते १२ जना, २० गते १४ जना र २१ गते ८ जना कोभिड संक्रमितको मृत्यु भएको हो । यस्तै बैशाख २२ गते ११ जना, २३ गते १७ र २४ गते १३ जनाको कोभिडका कारण मृत्यु भएको हो ।
यस्तै २५ गते १५, २६ गते १८ र २७ गते १७ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । हाल सम्म कैलालीमा ७० प्लस, कञ्चनपुरमा ३३ प्लस, अछाममा ३, वैतडीमा ७, बझांगमा ३, बाजुरामा २, डडेल्धुरामा ४, दार्चुलामा २ र डोटीमा ४ जनाको मृत्यू भएको छ ।













