सुदूरपश्चिममा आज १०८ जना कोरोनाबाट निको भए
धनगढी, २५ वैशाख । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १०८ जना कोरोनाबाट निको भएका छन् । स्वास्थ्य निर्देशनालय डोटीको तथ्यांकअनुसार शनिबार (आज) प्रदेशका बिभिन्न जिल्लामा उपचाररत १०८ जना कोरोना जितेर घर फर्किएको जनाएको छ ।
यस्तै प्रदेशमा आज ७५६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार ८ सय ८१ जनाको परीक्षण गर्दा ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै २४ घण्टामा थप १५ जनाको कोरोना कारण मृत्यु भएको छ । सुदूरपश्चिममा हालसम्म १९० जना संक्रमितको मृत्यु भइसकेको छ ।














