अक्सिजन नपाएर सेती प्रादेशिक अस्पतालमा जिल्ला आयुर्वेदिक शाखा प्रमुखको मृत्यु
धनगढी, २५ बैशाख । सेती प्रादेशिक अस्पतालमा अक्सिजन नपाएर जिल्ला आयुर्वेदिक शाखाका प्रमुखको मृत्यु भएको छ ।
कोरोना संक्रमणपछि सेती प्रादेशिक अस्पतालको ११ नम्बर आईसियु बेडमा उपचाररत लोकेन्द्र जोशीको आज बिहान सवा ८ बजे मृत्यु भएको आफन्तले बताए ।
दार्चुलाको शैल्यशिखर नगरपालिका– ९ का स्थायी बासिन्दा जोशी महाकाली नगरपालिकाका जिल्ला आयुर्वेदिक शाखाका प्रमुख हुन् । झापामा भेन्टिलेटर भएको जानकारी पाएपछि परिवारले उनलाई आज हेलिकोप्टरबाट झापा लैजाने तयारी गरेको थियो ।













