सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा थप ६२ जना कोरोना मुक्त
कैलालीमा ८ जनाको मृत्यू
धनगढी, २४ बैशाख । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६२ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य निर्देशनालय डोटीको तथ्यांकअनुसार शुक्रबार प्रदेशका बिभिन्न जिल्लाका ६२ जना कोरोना जितेर घर फर्किएको जनाएको छ ।
यस्तै प्रदेशमा आज ७५७ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार ७ सय ९६ जनाको परीक्षण गर्दा ७५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै २४ घण्टामा थप १३ जनाको कोरोना कारण मृत्यु भएको छ । सुदूरपश्चिममा हालसम्म १७५ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।














