एकैदिन कञ्चनपुरमा ८ सहित सुदूरपश्चिममा १७ जना संक्रमितको मृत्यु

कैलाली २३ वैशाख । सुदूरपश्चिममा एकै दिन १७ जना कोरोना संक्रमणबाट मृत्यू भएका छन् । पछिल्लो २४ घण्टामा कञ्चनपुरमा ८ कैलालीमा ६ बझांग, अछाम र दार्चुलामा १/१ जना गरि १७ जना कोरोना संक्रमितको ज्यान गएको छ।

महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका ६ जना, दोधारचाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका एक÷एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले बताइन।

उनका अनुसार भीमदत्त नगरपालिका–३ का ७४ वर्षीय पुरुष, वडा नम्बर ४ का ७२ वर्षीय पुरुष, वडा नम्बर ५ का ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का ३५ र ५७ वर्षीय पुरुष र वडा नम्बर ८ की ६५ वर्षीया महिलाको मृत्यु भएको हो।

यस्तै दोधारचाँदनी नगरपालिका–१ का ३१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका–१० का ३६ वर्षीय पुरुषको पनि महाकाली अस्पतालमै मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति भट्टले बताइन्।

कैलालीको धनगढी उपमहानगरपालिका–४ का ८१ वर्षीय पुरुष, धनगढीकै वडा नम्बर ६ की ५८ वर्षीया महिला, जोशीपुर गाउँपालिकाका ६० वर्षीय पुरुष र बझाङको दुर्गाथली गाउँपालिका–१ की ८२ वर्षीया कोभिड संक्रमित महिला लगायतको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।