सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई मातृशोक

धनगढी, २३ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ। उनकी आमा शारदा देवी भट्टको ८४ वर्षको उमेरमा निधन भएको हो।

मुख्यमन्त्री भट्टको पुर्खौली घर डोटीको केआईसिंह गाउँपालिकामा हो । आमा सोही घरमै बिहीबार निधन भएको मुख्यमन्त्रीका स्वकिय सचिव शिवसिंह ओलीले बताए । ओलीका अनुसार मुख्यमन्त्री भट्टकी आमा लामो समयदेखि बिरामी थिए ।