मुलुकमा एकै दिन थपिए ९ हजार ७० संक्रमित, ५४ जनाको मृत्यु
काठमाडौं, २३ वैशाख । आज देशभर नौ हजार ७० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार १४२ जनाको स्वाब परीक्षण गर्दा नौ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
उनीहरूमध्ये २० हजार ३७५ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार ९७० र ७७५ जनाको एन्टिजन परीक्षण गर्दा १०० जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ६८ हजार ५८० पुगेको छ।
त्यस्तै, कोरोना संक्रमणबाट ५४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या तीन हजार ५२९ पुगेको छ।













