सुदूरपश्चिममा यादव प्रदेश प्रमुखमा नियुक्त
काठमाडौं, २० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिममा गंगानारायण यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी छन्।
त्यसै गरि गण्डकी प्रदेशमा सीता पौडेल नियूक्त भएका हु्न् । उनीहरु दुवैको सपथ केही समयपछि हुँदैछ। पौडेल प्रधानमन्त्रीको जनसम्पर्क अधिकृत थिइन्। त्यस्तै राजविराजका यादव नेकपा (एमाले)का पुराना नेता रहेको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ ।
आजै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरेका हुन् ।













