ह्युमानिटी फाउण्डेसनद्वारा सेती प्रादेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर सहयोग
धनगढी, २० वैशाख । ह्युमानिटी फाउण्डेसन नेपालले सेती प्रादेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ। अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव भएपछि ह्युमानिटी फाउण्डेसनले सोमबार विहान सहयोग गरेको हो।
ह्युमानिटी फाउण्डेसन नेपालका संस्थापक श्याम तायलका अनुसार सोमबार नै २२ सिलिण्डर डडेल्धुरा अस्पताललाई उपलब्ध गराउने जनाएको छ। कञ्चनपुरमा रहेको महाकाली अस्पताललाई ८० सिलिण्डर र टीकापुर अस्पताललाई २० सिलिण्डर उपलब्ध गराउने फाउण्डेसनले जनाएको छ।
अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले सो अभियान सञ्चालन गरेको फाउण्डेसन जनाएको छ। (फोटोः दिनेश खबरबाट)













