संविधान सभा सदस्य रबनी चौधरीको कोभिड संक्रमणबाट मृत्यू
कैलाली, १९ वैशाख । कोरोना भाइरसको संक्रमणबाट संविधान सभा सदस्य रबनी चौधरीको ज्यान गएको छ । धनगढीको नवजीवन अस्पतालमा उपचाररत चौधरीको आइतबार दिउँसो मृत्यु भएको श्रीमान मोतीलाल चौधरीले बताए ।
कलेजो र मृगौलाको समस्याले ग्रसित उनी शनिबार अस्पताल भर्ना भएकी थिइन्। आइतबार उनको कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएका थियो। तर एक्कसी स्वास्थ्यमा समस्या आएर दिउँसो रबनीको निधन भएको उनको श्रीमानले जानकारी दिए ।
जिल्लाको लम्कीचुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरी २०७० सालको संविधान सभा सदस्य थिइन्।













