शनिबार सुदूरपश्चिममा कोरोना संक्रमणबाट १० जनाको मृत्यू

धनगढी, १९ बैशाख । कोभिड संक्रमणबाट शनिबार सुदूरपश्चिममा १० जनाले ज्यान गुमाएका छन् । सबै भन्दाबढि कञ्चनपुरमा ५ महिला र १ पुरुष गरि ६ जनाले ज्यान गुमाएका हुन् ।

त्यसै गरि कैलालीमा २ पुरुष र एक महिला गरि ३ जना र बझांगमा १ जनाले ज्यान गुमाएका हुन् । जिल्लाको गोदावरी नगरपालिकाका २८ बर्षीय पुरुषको सेती अस्पतालमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

त्यसै गरि सेति अस्पताल र टीकापुर अस्पतालमा उपचारत २ जना कोरोना संक्रमणबाट ज्यान गएको थियो ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । जिल्लाको भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष, भीमदत्त नगरपालिका–१४ की ४८ वर्षीया महिलाको महाकाली अस्पतालमा मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोबिन्द रोकायाले बताए ।

उनीहरुको संक्रमणपछि केही दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो। दुवैको शुक्रबार राति मृत्यु भएको थियो ।

त्यस्तै भीमदत्त नगरपालिका–१८ का एक ६८ वर्षीय पुरुषको होमआइशोलेसन मृत्यु भएको थियो । कोरोना संक्रमित ती पुरुषको पनि शुक्रबार राति नै मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति डा. रोकायाले बताए ।

यस्तै सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरका दुई कोरोना संक्रमितको मृत्यु भएको थियो । एक/एक घण्टाको फरकमा दिउँसो दुवै संक्रमितको मृत्यु भएको थियो ।

जिल्ला प्रशाासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार भीमदत्त नगरपालिका–१८ का ३२ वर्षीय पुरुषको दिउँसो १ बजे र बेल्डाँडी गाउँपालिका–१ का ५५ वर्षीय पुरुषको दिउँसो २ बजे मृत्यु भएको हो ।

यस्तै डडेल्धुराको परशुराम नगरपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। परशुराम नगरपालिका–११ सलेताका ३४ वर्षीय पुरुषको डडेल्धुरा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए ।