कैलालीमा निषेधाज्ञा उल्लंघन गर्ने साढे चौविस सय सवारी साधन नियन्त्रणमा
कैलाली, १८ वैशाख । कैलालीमा यहि १६ गते देखि शुरु भएको निषेधाज्ञालाई उल्लंघन गर्ने २ हजार ४५७ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका एिसपि भरत बहादुर चौधरीका अनुसार निषेधाज्ञा शुरु भएदेखि आज (शनिरबार) २ वजे सम्म २४५७ सवारी साधानलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
यो अवधिमा ४८ वडा सवारी साधन भने कार्बहीमा परेको डिएसपि चौधरीले बताए । निषेधाज्ञा शुरु भएको दिन पहिलो दिन बिहीबार बिहान ६ देखि साँझ ५ बजेसम्म उल्लंघन गर्ने ७५० सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । ती मध्ये ३८ सवारी साधनलाई कारबाही गरेको चौधरीले बताए ।
उनले सवारी साधन कारवाही गरेर २३ हजार ५ सय राजस्व संकलन भएको जानकारी दिए ।
त्यसै गरि देस्रो दिन (शुक्रबार) निषेधाज्ञा उल्लंघन गर्ने ११०१ सवारी साधनलाई नियन्त्रणमा लिइएको थियो । ती मध्ये १० सवारी धनीलाई कारबाही गरि ५ हजार ५ सय राजस्व संकलन भएको थियो । तीन दिन भित्र कार्बाहीमा परेका सवारी साधनबाट २९ हजार राजस्व संकलन भईसकेको चौधरीले जानकारी दिए ।
उनले यो अवधिमा २०२० जना व्यक्तिलाई पनि नियन्त्रणमा लिई सम्झाई बुझाई फिर्ता पठाएको बताए ।
अति अवाश्यक काम परेकाहरु मात्रै घर बाहिर निस्कन पाईने र बाहिर निस्किनेहरु नाक मुख राम्रो संग छोपिने गरि मास्क अनिवार्य लगाउनु पर्छ भनि सूचाना जिल्ला प्रहरी कार्यालय कैलालीले दैनिकरुपमा प्रशारण गरिरहेदा समेत मास्क विना नै बाहिर निस्कनेलाई नियन्त्रणमा लिएको चौधरीले बताए ।
उनले आज (शनिबार) दुर्ए बजेसम्म दुई पांग्रे र चार पांग्रेगरि ३६४ र तीन पांग्रे २४२ वटा सवारी साधन नियन्त्रणमा लिएको बताए । त्यस्तै ७४० जना व्यक्तिलाई मास्क विना ओहरदोहर गर्नेलाई नियन्त्रणमा लिएको थियो ।
डिएसपि चौधरीका अनुसार कैलालीमा कोरोना संक्रमणबाट मृत्यूदरमा बृद्धि भईरहेकोले जनता आफैपनि सचेत हुनु पर्ने बताए । महामारीले कसैलाई नचिन्ने भएकोले सबैजना सुरक्षित घरमै बसिदिन उनको अनुरोघ छ ।
साथै निषेधाज्ञा उल्लंघन गरे संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ।













