शुक्रबार देशभरिका ५७ सय जनामा कोरोना पुष्टि, ३३ को मृत्यु
काठमाडौं, १७ वैशाख । शुत्र,बार देशभरिमा थप पाँच हजार ७२७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ छ भने ३३ जनाको ज्यान गएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, १५ हजार ९१६ जनाको स्वाब परीक्षण गर्दा पाँच हजार ७२७ जनामा कोरोना देखिएको हो। जसमध्ये १५ हजार ३९१ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ६५७ जनामा र ५२५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ।
त्यस्तै, कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै २८ जनाको ज्यान गएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन्। निको हुने क्रम भने बढ्न सकेको छैन।
यस्तै, सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ। अहिलेसम्म नेपालमा तीन लाख २३ हजार १८७ जनामा कोरोना देखिएको छ।













