देशको २२ जिल्लाका अस्पतालमा बेड छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं, १७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणबाट अति प्रभावित २२ जिल्लाका अस्पतालमा अब बेड उपलब्ध गराउन नसकिने अवस्था आएको बताएको छ ।

मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा संक्रमण दर उच्च गरी बढेको मन्त्रालयको निष्कर्ष छ।

मुलुकको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण दर फैलिएकाले नागरिक आफैँ संवेदनशील हुन पनि मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले कुनै पनि मार्गबाट देश–विदेश जाने–आउने वा आन्तरिक–बाह्य पर्यटनका लागि कहीँकतै जाने कामहरू पूर्ण रूपमा बन्द गराउन जरुरी रहेको उल्लेख गरेको छ।