कैलाली र कञ्चनपुरगरि एकै दिन ४ जना कोरोना संक्रमितको मृत्यू

कैलाली, १६ वैशाख । कैलाली र कञ्चनपुर गरि एकै दिन ४ जना कोरोना संक्रमितको मृत्यू भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलनचोककी ४६ वर्षीया महिलाको मृत्यु भएको हो ।

सुगर र प्रेसरको बिरामी रहेकी उनलाई स्वाशप्रस्वाशमा समस्या देखिएपछि मंगलबार उपचारका लागि सेती प्रादेशिक अस्पताको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। पीसीआर चेक गर्दा बुधबार ११ बजेतिर उनमा कोरोना पोजेटीभ देखिएको सव ब्याबस्थापनका लागि श्री भवानी दल गण धनगढीका सह–सेनानी नवल सिहं रोकायाले बताए।

कोरोना पुष्टि भएको १२ घण्टा अर्थात बिहीबार बिहान १२:३० बजेको समयमा उपचारका क्रममा इमर्जेन्सी वार्डमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै कञ्चनपुरमा पनि थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहिवार बिहान १ बजे, दोधारा चाँदनी नगरपालिकाका ३० बर्षीय युवकको राती १२ बजेर ३० बजे र भिमदत्त नगरपालिका १८ कि ३६ बर्षिय एक महिलाको बिहिबार बिहान ७ बजेर ३० बजे मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ।

भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्र्टी नभएको र उनमा ब्लड क्यान्सरको समस्या रहेकोमा कोरोना पोजेटिभ पनि देखिएकाले उपचारको क्रममा मृत्यु भएको डा. गोविन्द रोकायाले जानकारी दिए ।

दोधारा चाँदनी नगरपालिकाका ३० बर्षीय युवकलाई मंगलवार अस्पतालमा उपचारको लागी भर्ना गरिए पनि उनमा कडा खालको निमोनिया देखा परेको थियो । उनि भारतबाट आएको र भारतमै उनमा समस्या देखा परेको थियो।