नेपाल पत्रकार महासंघ प्रदेश समितिको कल्याण कोषमा दिनेश सञ्चार गृहले एक लाख सहयोग गर्ने

धनगढी, १२ वैशाख । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले स्थापना गर्न लागेको कल्याण कोषमा दिनेश सञ्चार गृहले एक लाख एक हजार एक रुपैया सहयोग गर्ने जनाएको छ ।

सञ्चार गृहका प्रवन्ध निर्देशक गोपाल हमालले नवनिर्वाचित प्रदेश पत्रकार महासंघका कार्यसमितिलाई बधाई तथा सम्मान कार्यक्रमको आयोजना गर्दै कोषको लागि उक्त रकम सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले नवनिर्वाचित समितिलाई पत्रकारको हक हित र पेशागत सुरक्षाकोलागि निडर रहेर काम गर्न आग्रह गर्दै सुदूरपश्चिम प्रदेशको विकासका लागि पत्रकारिताको माध्यमबाट सकरात्मक सामाचार प्रकाशन तथा प्रशारणको लागि सघै तयार रहन सुझाब दिए ।

शनिबर आयोजित नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा अध्यक्ष योगेश रावलले १ करोड रुपैयाँ बराबरको कल्याण कोष स्थापना गर्ने घोषणा गरेका थिए । अध्यक्ष रावलले सो कोषमा व्यक्तिगत रुपमा १ लाख रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।