नेपालगञ्जमा बन्दाबन्दी शुरु

नेपालगन्ज, ८ वैशाख । कोरोनाभाइरस (कोभड–१९) बाट संक्रमितको संख्या अध्याधिक बढेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकामा एक हप्ता बन्दाबन्दी (लकडाउन) घोषणा गरिएको छ ।

८ बैशाख राती १२ बजेदेखि १५ बैशाख राती १२ बजेसम्म लकडाउन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनले अति अवाश्यक काम बाहेक घरमै सुरक्षित बस्न आग्रह समेत गरेका छन् ।

काम विशेषले बाहिर निस्केकाहरु मास्क अनिवार्य प्रयोग गर्ने, मास्क विना बाहिर हिड्डुल गर्नेलाई जरिवाना समेत हुन सक्ने प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।