भजनीको सीमानाकामा बीओपी स्थापना
धनगढी, ५ वैशाख । कैलालीको भजनी नगरपालिका–५ कालापातल र ७ को हलौना घाटमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।
सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छाया देवकोटाले संयुक्त रुपमा बीओपीको उद्घाटन गरे ।
डीआइजी श्रेष्ठले सीमानाकालाई अझ व्यावसायिक तरिकाले सुरक्षा कायम र चोरी, तस्करी नियन्त्रण गर्नमा सशस्त्र प्रहरीहरुलाई निर्देशन दिए । १०१ किलोमिटर खुला सिमाना रहेको कैलालीमा यो संगै बीओपीको संख्या १६ पुगेको हो ।













