कोभिडले प्रभावित धनगढी फनपार्क पुन सञ्चालनमा, सम्पूर्ण मापदण्ड अपनाउने सञ्चालक : विष्ट
कैलाली, ३ बैशाख । कैलालीको धनगढीमा २० करोडको लगानीमा सञ्चालित धनगढी फनपार्क कोभिड प्रभावितले १९ महिना बन्द भएको थियो । सरकारले विगत केही महिना यता स्वास्थ्य मापदण्ड अपनाएर रेष्टुरेन्ट लगायतका व्यवसायहरु सञ्चालन गर्न आदेश दिएपछि धनगढी फनपार्क पनि पुन सञ्चालनमा ल्याउने सञ्चालक उपेन्द्र विष्टले जानकारी दिए ।
उनका अनुसार कोभिडले बैंकको किस्ता तिर्न समेत गाह्रो भएकोले अब धनगढी फनपार्क सञ्चालनमा ल्याउँछौं । स्वास्थ्य मापदण्द अपनाएर रेष्टुरेन्ट र फनपार्क सञ्चालनमा ल्याउने उनको भनाई थियो ।
स्वीमिंग गर्न चाहनेहरुलाईपनि सावधानी अपनाएर सेवा दिन तयार रहेको विष्टले बताए ।

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा अवस्थित फनपार्क दुई वर्षको समयावधिमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । तर राम्रोसंग सञ्चालन हुन नपाउँदै कोभिडले प्रभावित भएको हो । जसका कारण १९ महिना सम्म बन्द रहेको धनगढी फनपार्क डेढ करोडको हाराहारीमा घाटा भएको सार्कस्तरिय उसु प्रतियोगितासमेत खेलिसकेका खेलाडी तथा व्यवसायी श्याम विष्टले बताए ।
उनले भने हामीलाई बैंकल निकै गाह्रो गर्यो । तीन महिने सूचना समेत जारी गरिसकेकोले फनपार्क खोल्नुको विकल्प नदेखेको बताए ।
विष्टले केही वर्षको कोरिया बसाइँपछि नेपाल फर्केर यस क्षेत्रमा फनपार्कको सम्भावना देखेर पार्क निर्माण गरेको बताउदै भने “यस क्षेत्रमा हरेकवर्ष आयोजना हुँदै आएका विभिन्न खाले मेला तथा महोत्सवमा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्य भन्दा पनि व्यापारिक प्रयोजनका लागि मात्रै सञ्चालन गरिने भएकाले पार्क निर्माणको उद्देश्य व्यापारिक प्रयोजन मात्र नभई आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्नु हो।”

उनले अहिले सबै क्षेत्रको व्यवसाय घाटामा चलिरहेकोले ग्राहकको विश्वास जितेर धनगढी फनपार्क राम्रो पर्यटकीय गन्तव्य बनाउन सक्ने आशा पलाएको बताए । उनले विगतको वर्षमा पनि ६० प्रतिशत पर्यटटक भारतीय रहेको दाबी गरे ।
झण्डै अढाइ बिगाह क्षेत्रफलमा निर्माण गरिएको फनपार्कमा स्वीमिङ पुलसहित वेब पुल, किड्स पुल, मल्ट्रिल्याण्ड स्लाइड, ट्युवलाईट स्लाइड, पेन्डुलम, म्युजिकल फनटेन, ब्रेक डान्सलगायतका जलविहारमा आनन्द लिन सकिने सेवा उपलब्ध छन्।
साथै फनपार्कमा रेष्टुरेन्टको समेत व्यवस्था गरिएको छ। बाहिरबाट आउने पर्यटकलाई रमाउनका लागि आवश्यक स्थान नभएपछि फनपार्क निर्माण गरेको अर्का सञ्चालक विष्ट बताए।
पार्क निर्माणबाट स्थानीयस्तरमा गरिएको करोडौंको लगानीले स्थानीयवासीलाई रोजगारीलगायत नयाँ गन्तव्यसमेत थपिएको छ ।













