नगरपालिका भित्र घटनादर्ता अभियान सुरु

धनगढी, २ बैशाख । धनगढी उप–महानगरपालिकाले घटनादर्ता गर्न छुटेकाहरुलाई समाबेस गर्न घटनादार्ता अभियान सञ्चालन गरेको छ ।

उप–महानगरपालिकाले अभियानको पहिलो दिन वडा नं १ को सरस्वती आधारभुत विद्यालय कटान, वडा नं २ को शारदा मा.वि. वैयावेहडी र वडा नं ३ को जनता आधारभुत विद्यालय विशालनगरमा शिविर सञ्चालन गरिएको छ ।

घटनादार्ता अभियानका संयोजक लेखनाथ ओझाले शिविरमा आएर पहिलो दिन २४ जनाले सेवा लिएको बताए । आज देखि सुरु भएको अभियान बैशाख १६ गते सम्म चल्नेछ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग संगको समन्वयमा धनगढी उप–महानगरपालिकाबाट दर्ता अभियान संचालन शिविर संचालन भएको बताउदै ओझाले भने, ‘ब्यक्तिगत घटना दर्ता गर्न बाँकी भएका नागरिकहरुलाई आफ्नो पायक पर्ने दर्ता शिविरमा उपस्थित भई जन्म, मृत्यू, विवाह, सम्वन्ध विच्छेक र बसाई सराई जस्ता ब्यक्तिगत घटना अनिवार्य रुपमा दर्ता गर्न अनुरोध गर्दछौं ।’