बाजुराको बुढीनन्दा नगरपालिकाकी उपप्रमुख प्रबल जनसेवाश्री चतुर्थबाट विभूषित

धनगढी १ वैशाख । बाजुराको बुढीनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मी प्रबल जनसेवाश्री चतुर्थबाट विभूषित पएका छिन् । उनलाई प्रबल जनसेवाश्री चतुर्थबाट विभूषित गरिएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकालाई बुधबार विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी थिइन।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा मानपदवी, अलङ्कार र पदक गत चैत २७ गते वितरण गर्न बाँकी रहेकाहलाई आज प्रदान गरिएको हो।

नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ।