नयाँ वर्षमा पर्यटकीय स्थल भरिभराउ, कर्णाली पुलमा करिब १५ हजारभन्दा बढीको भिड

धनगढी, १ वैशाख । कैलालीको प्रसिद्ध कर्णाली पुलमा एकै दिन करिब १५ हजारभन्दा बढी आन्तरिक पर्यटक अवलोकलन गरेका छन् ।
नयाँ वर्षको दिन घुमफिर गर्न गएकाहरुद्वारा कर्णाली पुल र चिसापानी बजार भरिभराउ थियो ।

लम्कीचुहा नगरपालिका–३ का वडा अध्यक्ष भक्त बहादुर चलाउनेका अनुसार पर्यटकको भीडभाडलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो । चिसापानीस्थित कर्णाली नदीमा रहेको कर्णाली पुल लम्कीचुहा नगरपालिका–३ मा पर्दछ ।

कैलाीको टीकापुर पार्कमा पनि आन्तरिक पर्यटकहरुको निकै भिडाभाड थियो । नयाँ वर्षको उपलक्ष्यमा परिवारिक घुमघाम, पिक्निक खानेहरुको भिड थियो ।

त्यसै गरि सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मीक तथा पर्यटकिय स्थल गोदावरीमा पनि आन्तरिक पर्यटकको घुईचो लागेको छ । नयाँ वर्ष २०७८ सालको दिन गोदावरी धाममा पुजापाठ गर्न , स्नान गर्न र घुम्नका जाने आन्तरिक पर्यटकको घुईचो लागेको हो ।

कैलाली र कञ्चनपुरबाट आएकाहरु आन्तरिक वर्यटकहरु गोदावरीमा रहेको पुरानो काठे पुलमा फोटो खिच्ने टिकटक बनाएर रमाएका थिए ।