कैलाली उद्योग वाणिज्य संघ शाखामै उत्कृष्ट
धनगढी, २८ चैत । कैलाली उद्योग वाणिज्य संघ उत्कृष्ट शाखाका रूपमा सम्मानित भएको छ ।
शनिबार सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ वार्षिक साधारण सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरलाई कदर पत्र सहित सम्मान गरेका थिए । कैलाली उद्योग वाणिज्य संघ (क) वर्गको रुपामा उत्कृष्ट बनेको हो ।













