थारू भाषा, कला संस्कृति संरक्षणमा गाउँपालिकाको मुख्य भुमिका हुन्छ : अध्यक्ष चौधरी

कैलाली, २८ चैत । थारू कलाकारहरुले थारू समुदायको भाषा, कला संस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन कैलारी गाउँपालिको मुख्य भूमिका हुने गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए ।

कैलारी गाउँपालिका–१, हसुलियामा शनिबार भएको सिएस वेष्ट म्युजिक भिडियो अवार्ड २०७६ को समुद्घाटन कार्यक्रममा अध्यक्ष चौधरीले यस्तो बताएका हुन् । उनले थारू कलाकारले आफ्नो कलाकारिताबाट थारू भाषा, कला संस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पु¥याउन ठूलो योगदान गरेको बताए ।

अध्यक्ष चौधरीले कलाकारहरुलाई समाजको ऐना समेत रहेको बताए । उनले कलाकारहरुले नै लोप हुँदै गएको भाषा, कला संस्कृति संरक्षणमा मुख्य भुमिका खेलेको बताए ।

‘थारू समुदायमा विभिन्न किसिमका भाषा, कला संस्कृति रहेको छ, तर दिन प्रति दिन लोप हुँदै गइरहेकोले यसको संरक्षण सम्बद्र्धन गर्न सबैको दायित्व रहेको अध्यक्ष चौधरीको भनाई थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाले कलाकारिता क्षेत्रमा लागेका सबै कलाकारलाई सम्मान र सहयोग गर्नु पर्ने बताइन् ।
जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले कलाकार र खेलाडी राष्ट्रका गहना रहेको बताइन् । उनीहरुलाई सहयोग तथा सम्मान गर्ने जिम्मेवारी पनि आफूहरुको रहेको जिम्मेवारी रहेको बताइन् ।

नेपाली कांग्रेसके राजसमझ चौधरीले पुराना कला संस्कृति तथा गीत बास बचाउन अहिलेको युवा पुस्ता तथा कलाकारहुक्रनको मुख्य दायित्व रहेको बताए ।

म्युजिक भिडियो अवार्ड कार्यक्रममा २०७६ सालमा प्रालिबाट रिलिज भएका थारु गित मात्र अवार्डमा समावेश गरिएको प्रालिका सञ्चालक सतिश सिन्हाले बताए । ‘बहुभाषा, बहुसंस्कृति हाम्रो पहिचान, यसको संरक्षण गर्नु हाम्रो साझा अभियान’ नारा रहित हुने अवार्ड कार्यक्रममा वेष्ट मेलोडी, वेष्ट कल्चर, वेष्ट डान्सीड्ड म्युजिक भिडियो गरि ३ विधामा अवार्ड गरिने जनाएको छ । त्यस्तै मोडेल, गायक र निर्देशक गरि १५ जनालाई पनि अवार्ड गरिने जनाईएको छ ।

पुुराना अग्रज कलाकारहरुको सम्मान, नयाँ कलाकारहरुलाई हौसला, थारु भाषा संस्कृति संरक्षण प्रवद्र्धन, थारु फिल्म जगतलाई गुणस्तर प्रदान गर्ने उद्देश्य सहित प्रालि स्थापना भएको हो ।

कैलारी गाउँपालिकाको मुुख्य प्रबद्र्धक तथा आर।डी कम्प्लेक्स धनगढीको मुुख्य प्रायोजन रहेको छ ।

कार्यक्रममा स्वागत मनतब्य कार्यक्रममा सहसंयोजक चन्द्र चौधरी चाँदले गरेका थिए । भने कार्यक्रमको सञ्चालन गायक राजु राज चौधरी र गायिका सुनिता चौधरी फकलपुरान बुडीले गरेका थिए ।