धनगढी हाफ म्याराथुन २०२१ मा दुर्गा बुढाको उपाधी
धनगढी, २८ चैत । धनगढी जेसिजको आयोजनामा ‘अब धनगढी दौडन्छ’ धनगढी हाफ म्याराथुन २०२१ अन्तरगत धनगढीका युवायुवतीहरु एका बिहानै दौडिएका छन्।
सातौ संस्करणको धनगढी हाफ म्याराथनको उपाधी जुम्लाका दुर्गा बहादुर बुढाले जितेका छन । २१ दशमलक १ किलोमीटरको दुरि उनले १ घण्टा ६ मिनेट ०८ दशमलव १८ सेकेन्डमा पार गर्दै उपाधी जितेका हुन । बुढाको यो लगातार तेस्रो उपाधी हो ।














