नेपाल पत्रकार महासंघ कैलालीको अध्यक्षमा जोशी
धनगढी, २७ चैत । नेपाल पत्रकार महासंघ कैलालीको अध्यक्षमा हिमाल जोशी निर्वाचित भएका छन्। स्वतन्त्र प्यानल बनाएर चुनावमा उठेका जोशीले आफ्ना प्रतिद्धन्दी श्रवण देउवा र सुशील ढुङ्गानालाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।
यस्तै उपाध्यक्षमा हरिश विक, महिला उपाध्यक्षमा दुर्गा देवकोटा,सचिबमा प्रेम चौधरी ,सह सचिबमा घनश्याम पौडेल, कोषाध्यक्षमा लक्ष्मी प्रसाद जैशी निर्वाचित भएका छन् ।













