श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकरको सांसद पद खोसियो

काठमाडौं, २६ चैत । नेकपा (एमाले) प्रवेश गरेका चार जना मन्त्रीको सांसद पद खोसिएको छ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद खरेलले चार जना सांसदको पद खारेज भएको जानकारी दिएका छन्। नेकपा (माओवादी केन्द्र)ले चार जना सा‌ंसदले दलत्याग गरेको जनाउँदै पत्राचार गरेपछि सभामुख सापकोटाले उनीहरूको सांसद पद खारेज भएको जानकारी दिएका हुन्।

माओवादीबाट एमालेमा प्रवेश गरेका उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको सांसद पद खोसिएको हो।

रायमाझी, भट्ट, साह र चौधरीलाई पदबाट हटाउन नेकपा ९माओवादी केन्द्र०का संसदीय दलका नेता पुष्पकमल दाहालले २४ चैतमा संसद् सचिवालयलाई पत्र लेखका थिए।

सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ।

माओवादीबाट एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई पनि सांसदबाट हटाउन पार्टीले निर्णय गरिसकेको र संसद्लाई छिटै जानकारी दिने राष्ट्रिय सभा माओवादी संसदीय दलका नेता दीनानाथ शर्माले जानकारी दिए। उनले भने, “राष्ट्रिय सभाका सांसद रामबहादुर थापा र चन्द्रबहादुर खड्काले दलत्याग गरेको जानकारी एक–दुई दिनमै संसद्लाई गराउँछौं।”