पत्रकार महासंघ प्रदेशमा केर्नी न्यूजका सम्पादक विजय, १२ थारू पत्रकार नेतृत्व तहमा

कैलाली, २६ चैत । नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट सुदूरपश्चिम प्रदेश सदस्यमा केर्नी न्यूजका सम्पादक विजय भएका छन् ।
प्रेस युनियनसहितका विभिन्न १२ वटा पेशागत संगठनबाट योगेश रावलको संयुक्त प्यानलबाट उम्मेदवार बनेका केर्नी न्यूज डटकमका सम्पादक कालीमैया चौधरी (उन्नती) प्रदेशको महिला सदस्यमा विजय भएका हुन् । सम्पादक चौधरी ७४२ मत प्राप्त गरेर विजय भए ।
यस्तै सुदूपश्चिम प्रदेश र जिल्ला तह गरि १२ जना थारू पत्रकार नेतृत्व तहमा पुगेका छन् ।

प्रदेश कार्यसमितिमा कालीमैया चौधरी (उन्नती), राम लखन चौधरी, राम दहित र राम दुलारी राना रहेका छन् । यस्तै सचिवमा प्रेम चौधरी, सहसचिव (समावेशी) मा दिनेश दहित, खुला सदस्यमा रतनलाल चौधरी सदस्य (समावेशी)मा नरेन्द्र चौधरी विजयी भएका छन् ।

त्यस्तै कञ्चनपुर जिल्लामा उपाध्यक्ष (महिला) मा हेमन्ती चौधरी, सहसचिव (समावेशी) पहिलाद राना र सदस्य (समावेशी)मा लालबहादुर चौधरी र रजनी राना विजयी भएका छन् ।