पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा रावल प्यानलसहित विजयी

धनगढी, २६ चैत । नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा योगेश रावल प्यानलसहित विजयी भएका छन्।

प्रेस युनियनसहितका विभिन्न १२ वटा पेशागत संगठनबाट संयुक्त उम्मेदवार बनेका रावलले प्रेस चौतारीका कृष्णबहादुर ओलीलाई पराजीत गर्दै प्यानलसहित विजयी भएका हुन्।

झण्डै २१ वर्षदेखि पत्रकारिता पेशामा सक्रिय रावल पत्रकार महासंघ सुदूरपश्चिमको निवर्तमान कार्य समितिमा महा–सचिव थिए। यस्तै प्रदेश समितिको उपाध्यक्षमा संयुक्त प्यानलका योगेन्द्रबहादुर बलायर, महासचिवमा संयुक्त प्यानलकै रामसिंह ठगुन्ना विजयी भएका छन्।

अन्य अधिकांश पदाधिकारी र सदस्यमा पनि संयुक्त प्यानल नै विजयी भएको छ।

अध्यक्ष रावलले ७५६ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिद्वन्दी कृष्ण ओली २९२ मत ल्याएका थिए । उपाध्यक्षमा योगेन्द्र बलायर ६६५, महासचिवमा रामसिंह ठगुन्ना ६१५, सचिव (समावेशी) प्रेम चुनारा ६६६, सचिवमा हरिजोशी ६६०, कोषाध्यक्षमा रामबहादुर धामी ५४८, खुला सदस्यहरुमा तपेन्द्र कुँवर ६६६, दिपेन्द्र राज भण्डारी ५६७, धमेन्द्र बिसी ६३८, भागरथी अवस्थी ७०९, बीर बहादुर गडाल ५८४ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै सदस्य महिला तर्फ कालीमैया चौधरी ७४२, बन्दना बम ७०७, रामदुलारी राना ६४४ मत, सदस्य दलित तर्फ भीम बिक ५७३, सदस्य९आदिवासी जनजाति० तर्फ रामबहादुर दहित ६४२ र राम लखन चौधरी ७०७ मत ल्याएर बिजयी भएका छन् ।