ओरेक नेपालले ३० औँ स्थापना दिवसमा आठ वर्षको घटना तथ्यांक सार्वजनिक
धनगढी, १९ चैत । महिला पुर्नस्थापना केन्द्र (ओरेक) नेपाल कैलालीले आफ्नो ३० औ स्थापना दिवसमा नेपालमा भएका ८ बर्षको अवधिमा हिंसाका घटना सार्वजनिक गरिएको छ ।
ओरेक कैलालीले आठ वर्षका अवधिमा १३ सय २४ वटा घट्नाहरु कार्यालयमा दर्ता भएको जानकारी दिए । पछिल्लो समय महिला माथि हुने हिंसाका घटनााहरु बढ्दै गएको ओरेक कैलालीका संयोजक विनु रानाले बताईन् । उनका अनुसार घरेलु हिंसाका ८८१ घट्नाहरु रहेका छन् भने १०२ वटा यौन हिंसा तथा दुब्यवहारका घट्नाहरु रहेका छन् ।
१३ सय २४ घट्ना मध्ये अदालतबाट फैसला ८८, मिलापत्र ३७५, मुद्धा दर्ता ३०३ र सुरक्षा आवासको सेवा ५०२ जना रहेको ओरेक कैलालीको तथ्यांक छ ।
स्थानीय तह लगायत सरकारी तथा गैर सरकारी संघसंस्थाको पहलमा थुप्रै अभियान तथा जनचेतना मूलक कार्यक्रम सञ्चालन भएपनि हिंसाका घट्नामा न्युनीकरण आउन नसकेको वक्ताहरुको भनाई थियो ।













