दुनियाको नजरमा रेशम अपराधी हुन भन्ने भ्रम परेको छ : सांसद चौधरी
काठमाडौँ, १८ चैत । नेकपा एमालेक सांसद गंगा चौधरीले दुनियाको नजरमा रेशम चौधरी अपराधी हुन भन्ने भ्रम परेको बताईन् ।
बुधबार संसदको विशेष समयमा बोल्दै सांसद चौधरीले रेशम चौधरी लगायतका टीकापुर घटनामा मुछिएका ५८ जना नै निर्दोष रहेको दावी गरेका हुन्।
घटना हुँदा चौधरी टीकापुर नै नभएको ठोकुवा गदैै ‘घटना हुँदा रेशम चौधरी टीकापुर थिएनन्, बर्दियामा थिए। राजनीतिक कारणले उनलाई फसाइएको हो। टीकापुर घटना राजनीतिक कारण घटाइएको थियो ।’
सांसद चौधरीले सरकार र थारु कल्याणकारी सभाबीचको वार्ता सफल होस् भन्ने कामना समेत गरिन्।













