लागु औषधसहित लम्कीबाट दूई जना पक्राउ
धनगढी, १६ चैत । कैलालीको लम्की चुहा नगरपालिकाबाट ५ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ परेका छन् ।
गौरीगंगा नगरपालिका वडा नम्बर ८ घर भएका २६ वर्षिय ईश्वर पौडेल र लम्कीचुहा नगरपालिका ४ कौवापुर बस्ने २८ वर्षिय दिपक सुनारलाई प्रहरीले पक्राउ गरेको हो। ईश्वर पौडेल लम्कीमा डेरागरि बस्दै आएका थिए ।
उनीहरुको साथबाट ५ ग्राम लागू औषधसहित नगद ६२ हजार १ सय १५ रुपैयाँ तथा दुई सेट मोबाइल समेत बरामद गरेको ईलाका प्रहरी कार्यालय लम्कीमा प्रहरी प्रमुखको रुपमा भरत शाहले बताए।













