रेशमको रिहाईबारे गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

काठमाडौं, १६ चैत । सरकारले रेशम चौधरीलाई रिहाइको लागि गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन भएको छ ।

सरकारका प्रवक्ता पार्वत गुरुङले सोमवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारले वार्ता टोली गठन गरेको जानकारी गराए । वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य छन् ।

थारु समुदायले उठाएका १९ बुँदे माग सम्बोधन गर्न वार्ता टोली गठन गरिएको जनाइएको छ । सोमबारदेखि नै थारु कल्याणकारिणी सभासँग वार्ता शुरू हुने प्रवक्ता गुरुङले बताए ।

गृहमन्त्री थापाले केही दिनअघि माइतीघर मण्डलामा गएर थारुका माग पूरा गर्ने आश्वासन दिएका थिए । रेशम चौधरीको रिहाइ लगायत माग गर्दै थारु कल्याणकारिणी सभा आन्दोलनमा छ ।