थारु बाल अधिकार म्यूजिक भिडियो सार्वजनिक
कैलाली, १५ चैत । नेपालमा बाल अधिकार हनन् भएका घटना धेरै सुनिन्छ । उनीहरुलाई पढने उमेरमा विभिन्न अधिकारबाट वञ्चित गराई कडा परिश्रम र बाल श्रमशोषण भईरहेको घटना पनि दिनहुँ जसो मिडिया मार्फत बाहिर आउने गर्दछ । यसै सन्दर्भमा कैलालीका साना साना बालबालिकाहरु भिडियो मार्फत दृष्य झल्काउन खोजेका छन् ।
थारू पहिलो बाल अधिकार गीत ‘हमार बाल अधिकार’मा बनेको भिडियोमा बालबालिकाहरु पढ्न पाउँने, खेल्न पाउँने, नाँच्न गाउन पाउँने पर्छ । उानीहरुलाई यो उमेर श्रममा लगाउँनु हुन्दै भन्ने सन्देश दिएको छ ।
उनीहरुले आफ्ना अभिभावकहरुलाई अरुका घरमा बिहानै गाईगोठमा गोबर सोहार्न र भेडाबाख्रा चराउन नपठाउनु भन्दै संगीत मार्फत आग्रह गरेका छन् । यसका साथै उनीहरुले बाल उमेरमा पढ्ने, खेल्ने कुद्ने, नाच्ने गाउने समय रहेकोले आफ्ना अभिभावकलाई विद्यालय पठाउन आग्रह समेत गरेका छन् ।

बालबालिकालाई अतिरिक्त क्रियाकलापले बौद्धिक विकास हुने भएकोले अतिरिक्त क्रियाकलाप जस्तै खेलकूद, सांस्कृतिक कार्यक्रम र चाडपर्वमा रमाउन, नाच्न पनि पाउनु पर्ने माग गरेका छन् ।
गीतमा इन्दु थारूको शब्द संगीत रहेको छ । भिडियोमा इन्दु थारूकै डाइरेक्सन र कन्सेप्ट रहेको छ । गीतमा बाल गायक मनिष थारू र मिस्मीता चौधरीको रहेको छ । भिडियोमा बाल कलाकार मनिष थारू, सर्विना, सानु हर्दिउला, ब्रेभिया करिया प्रधान, ऋष्टिना करियाप्रधान, उषा चौधरी, जस्मीन चौधरी र बिवेक चौधरीको मुख्य भूमिका रहेको छ ।
भिडियोका प्रोड्यूसरमा टीका चौधरी, गीता चौधरी, ठाकुर करिया प्रधान र बाँधु हर्दिउला रहेको छन् भने क्यामेरामा बिहारी दहित, मेकअपमा सानु कुश्मीको रहेको छ ।













